धनकुटा / धनकुटामा १३ वर्षीय बालिकालाई यौन शोषण गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका नेकपा धनकुटाका प्रचार विभाग उप–प्रमुख मदन अधिकारीलाई पार्टीले आइतवार निलम्वन गरेको छ ।
नेकपा जिल्ला कमिटी धनकुटाले आइतवार एक विज्ञप्ती जारी गरेर प्रचार विभागका उप–प्रमुख अधिकारीलाई पार्टीको साधारण सदस्यसमेतको जिम्मेवारीमा हाललाई नरहने गरी कार्वाही गरेको जनाएको छ ।
धनकुटा नगरपालिका वडा नं.६ घर भै धनकुटा वजारमा रहेको माथिल्लो गोकुण्डेश्वर माध्यामिक विद्यालयका शिक्षकसमेत रहेका अधिकारी बालिका यौन शोषणको आरोपमा प्रहरीमा किटानी जाहेरी परेपछि नेकपाले निलम्वन गर्नु परेको पार्टी श्रोते दावी गरेको छ । विज्ञप्तीमा नेकपा धनकुटाका अध्यक्ष एवं संघय सांसद राजेन्द्रकुमार राईले हस्ताक्षर गरेका छन् ।
अधिकारी सहित ४ जनालाई दलित १३ वर्षीया बालकामाथि पटक पटक यौन शोषण गरेको आरोपमा पीडित परिवारको तर्फबाट प्रहरीमा जाहेरी परेको थियो । हाल उनीहरुलाई प्रहरीले जर्वस्तीकरणीको मुद्धा दायर गरेर आवश्यक अनुशन्धान गरिहेको छ ।