धरान / धरान उपमहानगरपालिका वडा १४ की महिला वडा सदस्यमाथि निर्घात कुटपिट भएको छ ।
धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चोकको बिषयमा विवाद हुँदा आइतबार दलित वडा सदस्यसहित ३ जनामाथि कुटपिट भएको हो ।
उनीहरुको आक्रमणबाट दलित महिला सदस्य मनिषा बिक, भूपु हवाल्दार झलक तामाङ र सुरज बिक घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बाटोको विषयमा विवाद हुदा बाटो मै आक्रमण भएको थियो । वियरको बोतल र दाउरा र रडले आक्रमण गरिएको बताइएको छ । उनीहरुको धरानस्थित वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सदस्य विकको छाती, घाटी र अनुहारमा चोट लागेको छ ।
वडा सदस्य मञ्जिल श्रेष्ठका अनुसार धरान–१४ को नयाँ बाटोमा शिवरात्रीमा शिवजी चोक नामकरण भएर उद्घाटन गरिएको थियो । शनिवार राती केही व्यक्तिले बाटोको नामको बोर्ड तोडफोड गरेका थिए । विहान प्रहरकिो रोहबरमा सहमति गरि बोर्डबनाउने निर्णय गरिए पनि प्रहर िगए पछि वडा सदस्यमाथि हातपात गरेको वडा सदस्य श्रेष्ठले जानकारी दिए ।
प्रहरीले कुटपिटको आरोपमा स्थानीय बाबुराम अधिकारी, गणेश कार्की, अर्जुन तामाङ र पदम तामाङलाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध आजै जाहेरी दिने बताइएको छ ।