धरान । झापाको बिर्तामोड–५ बाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार अपरान्ह करिब १ बजेतिर जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले ५ ग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिर्तामोड–४ का २८ वर्षीय पवन चौधरी र २८ वर्षीय महेश गुरुङ छन् । 

सादा पोसाकमा खटिएका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो । विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका थिए । दुवै जनालाई इप्रका अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।