ताप्लेजुङ/गत मंगलबारबाट बेपत्ता भएका ताप्लेजुङ्को मिक्वाखोला गाउँपालिका-४ का युवक चारदिनपछि मृत भेटिएका छन् । 

२१ वर्षीय केशव खवासको शव शुक्रबार साँझ मेवाखोलामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । खवास  मेवाखोलामा हामफाली बेपत्ता भएको प्रहरीलाई जानकारी आएपछि प्रहरीले खोजतलास गरिरहेको थियो ।

सोही क्रममा हामफालेको भनिएको स्थानभन्दा करिब २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । थप अनुशन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानका इन्स्पेक्टरकाे कमाण्डमा प्रहरीटोली घटनास्थलतर्फ परिचालित गरीएको डिएसपी श्रेष्ठले जानकारी दिए ।