लहान /  सिरहामा नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको छ ।

राहतको विषयमा स्थानीयसँग विवाद हुदा गाउँपालिकाकी उपमेयर गुलाबदेवि चौधरीका छोरा अरविन्द चौधरीले फाइरिङ गरेको स्थानीयले बताएका छन् । उनले चलाएको गोली लागेर एकजनाघाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएको बताइएको छ ।  यस्तै एक महिला भीड तितरवितर हुदा घाइते भएकीछन् । 

उनीहरुको उपचारका लागि विराटनगर लगिएको छ । झडपमा अन्य २० जना सामान्य घाइते भएका छन् । नेकपा र कांग्रस कार्यकर्ता विच विवाद भएको थियो ।  उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहतकाृ विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए। राहत वितरणमा राजनीतिक भएको भन्दैं उनीहरुले विरोध गरे पछि उपमेयरका छोरा अरविन्दले गोली चलाएका बताइएको छ । 

यता प्रहरीले भने गोली चलेको विषयमा पुष्टि गरेको छैन् । 
 सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने राहातका विषयमा विवाद चर्किएको बताउका छन् ।  घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।