ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ मा रहेको प्रहरी चौकीका इन्चार्ज असइ बालकुमार राईको बिहीबार बिहान मृत्यु भएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । उनी सिदिङ्वा गाउँपालिका–७ को बुरुमखिममा भएको झगडा मिलाएर फर्किने क्रममा उनको मृत्यु भएको हो । उनीसहित तीन जनाको टोली झगडा मिलाएर फर्किने क्रममा अचानक बिरामी परेका थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ । फुड पोइजनिङ भएको आशंका गरिए पनि पोष्टमार्टम पछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । 

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट मृतक राई इन्चार्ज भएको चौकी पुग्न बसमा करिक ७ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।