धरान । धरान–१७ की पन्ध्र वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

धरान–९ आचार्यलाइनमा डेरा गरी बस्ने १९ वर्षीय उमेश ठटाललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ परेको हो । बालिकालाई विवाह गर्ने वाहाना बनाएर ललाईफकाई जवर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाकी बुबाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनलाई बुधबार साँझको समयमा पक्राउ गरी आज जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।