विराटनगर । विराटनगर – १४ झडियारिमा एक जना वृद्धाको घर भित्र गाढीएको अवस्थामा शव फेला परेको छ ।

५५ वर्षिय सत्यराम चौहानको शव आफनै घर भित्र करिब तीन फिट गहिरो खाढल खनेर गाढीएको अवस्थामा बुधबार साँझ शव भेटिएको इलका प्रहरी कार्यालय रानीका प्रमुख इन्स्पेक्टर दिपक थापाले जानकारी दिए ।

जस्तापाताले छाएको माटोको घर भित्र चौहान सुत्ने खाटदेखि मुनी खाडल खनेर गाढेको अवस्थामा शव फेला परेको छ ।

अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ, इप्रका रानी विराटनगरको प्रहरी टोली पुगेर उत्खनन गरि शव जिक्दै गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

हत्यापछि शव गाढिएको आशंका गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विषय अनुसन्धानपछि खुल्ने डिएसपी राईले बताए ।

चौहानका २ छोरा रहेका छन् । प्रहरीले यस घटनामा सोधपुछको लागी एक जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।