सिरहा। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ५ का अन्दाजी ३५ वर्षीय संजिवकुमार यादवको ९ दिन पछि मिर्चैया नगरपालिका वडा नं.५ इमली डाँडा भन्ने ठाउँमा कुहिएको शव फेला परेको छ ।
पारिवारिक स्रोत अनुसार संजिव बैशाख २९ गते घरबाट खाजा खाएर निस्किएका उनकाे परिवारसँग पुन : सम्पर्कमा नआएपछि खाेजी  गरिरहेकाे भए पनिभेटिएकाे थिएन । मंगलबार गोठालाहरुले शव देखे पछि प्रहरीले शव निकालेकाे थियाे । 

केहि समय शिक्षण पेशामा समेत काम गरेका उनी पछिल्लो वर्ष कृषि क्षेत्र तिर लागेका थिए । तर, सिँचाइको कारण त्यसमा समेत अपेक्षित आम्दानी हुन नसकेर घाटा व्यहोर्नु परेपछि तनावमा थिए । मृतकका एक परिवार र दुई नावालक छोरा रहेका छन । 

शव हिजै भेटिए पनि उठाएर ल्याउन सक्ने अवस्थामा नरहेका कारण अाज प्रहरी चिकित्सकको टोलीसहित घटनास्थल पुगेर शव ल्याएकाे छ । शव परीक्षणका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानबाट चिकित्सक बोलाइएको छ । परीक्षण रिपोर्ट आएपछि मात्रै घटना बारे केहि भन्न सकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु प्रसाद जैसवारले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जैसवारले जनाएका छन् ।