पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ स्थीत आरुबोटे बिभत्स अत्याकाण्डको एक वर्ष पूरा भएको छ । २०७६ साल जेष्ठ ६ गते रातिको समयमा आरुबोटे ३ मा दुई परिवारका ९ जनाको बिभत्स हत्या भएको थियो । बिभत्स हत्याको खबरले देश बिदेशमा पनि सनसनी मच्चाएको थियो ।

बालबालिकालाई धारिलो हतियार प्रयोग गरि पाशविक रुपमा हत्या गरेपछि सबैलाई भावुक बनाएको थियो । घट्ना घटे लगतै सुरक्षा निकायले अनुसन्धान गरेको थियो । सामान्य आर्थिक अवस्था भएको परिवारमा उक्त घट्ना घटेको थियो ।

स्थानीयवासीले यो बिभत्स हत्याकाण्ड सम्झनाको रुपमा लिने गरेको छन । आरुवोटे सामान्य अवस्थामा फर्किएको भए पनि त्यो बेलाको अवस्था भुल्न नसकिने स्थानीय व्यवसायी बिष्णु भट्टराई सुनाउछन् । ‘त्यो कारुणीक हत्याकाण्ड भएको केही महिना भयो जस्तो लाग्छ । तर एक वर्ष भएछ । जीवनमा सबै भन्दा भुल्न नसकिने त्यो घट्ना अहिले पनि भुल्न गाह्रो भएको छ भट्टराईले भने । उनि भन्छन् बजारमा सानो तिनो व्यवसाय चलाएको छु । दैनिक त्यही बाटो हिड्नु पर्छु त्यो कहाली लाग्दो घट्ना अझै पनि सम्झनामा ताजै छ । कामको शिलशिलामा बिभिन्न ठाउँमा गएर घर आरुवोटे बताउँदा घट्नाको बिषयमा सोध्ने गरेको उनले सुनाए ।

२०७६ साल जेष्ठ ६ गते राति स्थानीय बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको घरमा हत्याकाण्ड भएको थियो । त्यो कहालि लाग्दो हत्याकाण्डपछि धनराज शेर्माको घर खाली छ । भने ससुरा बमबहादुर फियाकको घरमा उनकै आफन्त बस्दै आएका छन । बमबहादुरको घरमा उनि सहित पत्नी पुर्सीमाया, छोरी मनकुमारी र नातिनी १० वर्षीय आशिका खजुमको हत्या भएको थियो । त्यस्तै ज्वाइँ धनराजको घरमा उनि सहित श्रीमती जस्मिता फियाक, १२ वर्षीय छोरी युहाना, १० वर्षीय मुना र भतिजी आठ वर्षीय इच्छाको हत्या भएको थियो ।

सो घटनामा धनराजको वंश नै सखाप भएको थियो ।
घट्ना पछि लगतै प्रदेश प्रहरीले अनुसन्धान अघिबढाएको थियो । अनुसन्धानको क्रममा मिक्लाजुङ–७ का मानबहादुर माखिमले वंश नै नास हुने गरी बिभत्स हत्या गरेको प्रहरीले निष्कर्ष निकाल्यो । उनि बमबहादुरको कान्छा ज्वाइँ हुन । हत्या भएको भोली पल्ट मानबहादुरको शव पनि झुन्डिएको अवस्थामा फेला परेको थियो । पारिवारिक रुपमा विवाद उत्पन्न भएपछि यो घट्ना घटेको प्रहरीले जनाएको छ । उनले ९ जनाको बिभत्स हत्या गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

अहिले आरुबोटेमा प्रहरी चौकी छ । तर त्यो कहाली लाग्दो घट्ना कसैले भुल्न नसकेको मिक्लाजुङ–३ का वडा अध्यक्ष हस्तराज फियाकले बताए । वडा कार्यालयको छेउमै धनराज शेर्माको घर छ । सोही घरबाट सडक पनि जोडिएको छ । मानिहरु आज भोली पनि त्यो भयानक घट्ना बारे कुराकानी गर्ने गर्दछन् । यो भयानक कारुणीक, पासविक घट्ना सबैको नजरबाट हट्न सकेको छैन् फियाकले भने ।