धरान  /  लकडाउनको मौका छोपी लागुऔषध ओसारपासर गर्ने एकजनालाई सुनसरी प्रहरीलेलागुऔषधसहित पक्राउ गरेको छ ।
सुनसरी देवानगन्ज गाउँपालिका वडा नं। ७ का २१ बर्षीय भोला भनि चिन्ने नरेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । ।

यादवकोसाथबाट नुफिन –५८० एम्पुल, डाईजेल्याब–५६० एम्पुल र फेनारगन–५६० एम्पुल गरि जम्मा १७०० एम्पुल बरामद गरेको छ ।
गस्तीकोक्रममा आज विहान ४ः३० बजे इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीबाट सई गजाधर गोईतको कमाण्डमा खटेको टोलीले देवानगन्ज गाउँपालिका वडा नं। १ लब्टोलिया पालटोलमा फेला पारेको हो ।

संका लागि उनले बोकेको कालो रङ्गको झोला खानतलासी गर्दा सो सामाग्री फेला पारेको हो ।
यादवलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाहीका लागि अनुसन्धान शुरु गरिएको सई गोइतले जानकारी दिए ।