देउराली । धरान क्वालिटीकाे पाउराेटी उपमहानगरकाे अनुगमन समितिले दिएकाे चेतावनीकाे अवज्ञा गर्दै लेवलिङ बिनै बजारमा बिक्रीकालागी जाने गरेकाे भेटिएकाे छ ।  

४ दिन अघि धरान १ स्थित धरान क्वालिटी बिस्कुट उद्योगले उत्पादन गरेकाे पाउराेटीमा लेवलिङ (सूचक पत्र) नराखी बजार पुर्याउपछि धरान उपमहानगरकाे अनुगमन समितिले सबै बिस्कुटहरूमा अनिवार्य रूपमा लेवलिङ गर्नका लागि चेतावनी दिएको भएपनी  आज दाेस्राे पटक पनि उद्योगले उत्पादन गरेकाे पाउराेटी लेवल बिनै समितिले बरामद गरेकाे हाे ।  

अनुगमन समितिले दाेस्राे पटक पनि लेबल नराखी उत्पादन बजारमा पठाउने गरेकाे भेटेपछि उद्योमा पुन : अनुगम गर्दा लेबल बिनैका ४० भन्दा बढि पाउराेटी फेला परेकाे छ । बजार लान तैयार अवस्थामा रहेका उक्त पाउराेटी  बजार लाने समयमा सेल्सम्यान आफैले लेबल लगाउने  उद्याेगका संञ्चालक डिकेन्द्र गिरीले बताएका छन् । उनले ती पाउराटीहरू साेमबार उत्पादन भएकाे पनि बताएका छन् ।

गिरीले लेवल बिनै बजारमा भेटिएकाे पाउराेटी झुक्कीएर पुगेकाे हुनसक्ने बताएपनि बिग्रीएर बजारबाट उद्याेगमा फर्केका ४ प्याकेट पाउराेटीमा पनि लेबल उल्लेख नभएकाे भेटिएकाे छ । 

कुनै पनि उद्योगले उत्पादन गर्नुपूर्व अनिवार्य रूपमा उत्पादन मिति, उपभोग्य समय, मूल्य सूची, तौल, खाद्य वस्तुको नाम, समिश्रण, ब्याच नम्बर, उत्पादक तथा प्याकेजिङकर्ता उल्लेख गर्नु पर्ने भए पनि  उत्पादन मिति समेत उल्लेख नगरी उद्याेगका उत्पादनहरू बजारमा दाेस्राे पटक पनि भेटिएपछि मुद्दा दायर गर्ने वा जनप्रतिनिधिकाे राेहवरमा  कारवाहि गर्ने भन्ने निर्णय गरिने अनुगमन अधिकृत वेद प्रशाद सापकोटाले बताएका छन् । अधिकृत सापकोटाले संञ्चालक गिरीलाई आजै १२:३० मा उपमहानगरपालिकामा हाजिर हुन भनेकाे बताएका छन् ।

त्यस्तै, धरान १५ स्थित दिपेन्द्र बस्तिका शुन्दर श्रेष्ठकाे बराह चिप्स उत्पादनकाे घरेलु उद्यागमा उत्पादन गरेका कुरकुरेमा उत्पादन मिति अस्पस्ट रहेकाे भेटिएपछि उनलाई पनि  उपमहानगरपालिकामा उपस्थित हुन भनेकाे सापकोटाले बताएका छन् ।