धरान । गाईलाई करणी गर्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका धरान–१४ का एक व्यक्तिलाई इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाइएको छ ।

धरान–१४ गणेश चोकस्थित बासुदेव भट्टराईको गाई गोठमा छिरेर करणी गर्दै गरेको अवस्थामा स्थानीयले नाङ्गै फेला पारेपछि प्रहरीलाई जिम्मा लगाएको हो । पूर्व असइ पदबाट अवकास प्राप्त दुर्गा लुइँटेललाई करणी गर्दै गरेको अवस्थामा सोमबार राति साढे ८ बजेतिर स्थानीयले भेटेपछि सामान्य कुटपिट गरेर विजयपुर चोकस्थित प्रहरी चौकीलाई खबर गरेका थिए ।

चौकीले पक्राउ गरेर सिधै इलाका प्रहरी कार्यालय पठाइदिएको हो । उनले यसअघि पनि यस्ता गलत क्रियाकलाप गर्दै आएको जानकार स्थानीय बताउँछन् । तीन दिन अगाडि पनि भट्टराईको गोठबाट नाङ्गै निस्किएको र लुगा लगाउँदै गरेको अवस्थाको सिसी क्यामेरामा भिडिया कैद भएको स्थानीयले फेला पारेका थिए ।  उनी मानसिक रोगी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनी धरान–१४ नयाँ टोल निवासी हुन् । उनी काठमाडाैं बस्दै अाएका थिए ।