उर्लाबारी / प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्केको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

उनी भारतसँगको सिमा जोडिएको दक्षिणी मोरङको रतुवामाई नगरपालिकाका हुन ।   कोरोना संक्रमित भएको पुष्टी भए पछि समन्धित वडा सिल गरीएको छ ।

शुक्रबार मुम्वईबाट घर आएको २४ बर्षीय युवकको नगरपालिकाको हेल्थ डेस्कमा आरडिटी परिक्षणका क्रममा पोजेटिभ देखिए पछि आईतबार स्वब परिक्षणको लागि बिराटनगर पठाएको थियो । सोमबार पिसीआर परीक्षण गर्दा समेत रिर्पोट पोजेटिभ आए पछि कोरोना संक्रमित भएको पुष्टी भएको नगरप्रमुख रविन राईले बताएका छन ।

प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।