धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्ला अस्पताल धनकुटाको प्रसुती विभागमा कार्यरत ती नर्सले रेफर गरेका विमारी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकाले धरानमा समेत त्रास बढेको छ ।  केही दिनअघि ती नर्सले हेरेका ६ जना महिलालाई सुत्केरी गराउन प्रतिष्ठान ल्याइएको थियो । 

धनकुटा अस्पतालले रेफर गरेको विमारीका विषयमा जानकारी गराए पछि प्रतिष्ठानको प्रसुती विभागको सेवा बन्द गरिएको छ । दुई दिनका लागि प्रसुती सेवाको भर्ना बन्द गरिएको प्रसुती विभागका विभागीय प्रमुख प्राडा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । यतिबेला प्रतिष्ठानकाे प्रसुती विभागमा शिल गरीएकाे छ । 

2 2 1 4 3 1 4 5