धरान । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालले गरेको अद्यावधिकमा ९ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । प्रदेश १ को धनकुटा र विराटनगरमा हिजो साँझ ३ जनामा कोरोना देखिएको थियो । उनीहरू रौतहट र बारा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका रहेका छन् । रौतहटको इसनाथ नगरपालिका–२, ३, ६ र ९ नम्बर वडामा २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष छन् । त्यस्तै रौतहटकै माधवनारायण नगरपालिका ३ का २८ वर्षीया महिला छिन् । बाराको करैयामाई ५ नम्बर वडाका ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको ज्यान गइसकेको छ ।

EYRN5RUUEAIcIuq