ब्लाष्टखबर । विराटनगरमा औषधिको डिलर सञ्चालक इटहरीका एक व्यावसायीकाे शंकास्पद मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-१० मधुमाराकाे देवी माँ पाथीभरा फर्माका संञ्चालक इटहरी उपमहानगरपालिका-१२ खनार ३३ वर्षीय देवीप्रसाद दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारकालागी कोसी अञ्चल अस्पताल पुर्याइएकाेमा अस्पतालले मृत घोषित गरेको छ । 

मृतक दुलालकाे  नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइ हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले, श्रीमती मीना श्रेष्ठ दुलाल र छिमेकी कल्याण राजवंशीले मृतक दुलाललाइ विहान ३ बजे अस्पताल पुर्याएका थिए । मृतकको शवको प्रकृति हेर्दा चिकित्सकले मृत्यु अस्वभाविक रहेको चिकित्सकले बताएपछि श्रीमती मीना, औषधि व्यवसायी धनबहादुर र हरिमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । व्यवसायी धनबहादुर र हरिमाेहनलाइ भने साेधपुछ पछि प्रहरीले छाडेकाे छ भने पत्नी मीनालाइ नछाडेकाे पाइएकाे छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईलका अनुसार मृतककाे घाँटीमा डोरीले कसेको डामका साथै शरीरका विभिन्न भागमा आक्रमण गरे जस्तो देखिने शंकास्पद चोटहरु रहेका छ । मृतक सुतेकाे  ओछ्यानमा समेत रगत लतपतिको भेटिएकाे छ ।