धरान । नेपालमा कोरोनाबाट थप दुई जना संक्रमित बनेका छन् । योसँगै नेपालमा २८१ जना कोरोनाबाट संक्रमित बनेका छन् । हाल ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । शनिबार कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा कोरोना कारण पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।