धरान / नेपाली सेनाकाउच्च अधिकृतसहित दुई जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले शनिबार अपरान्ह काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।
उनीहरु नेपाली सेनाको मध्यपूर्वी पृतना महाेतरीमा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।
सुरक्षा सम्बद्ध उच्च स्रोतले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको बताइए पनि आधिकारिक पुष्टि भने भउको छैन् ।
महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएकोबताएका छन् ।