विराटनगर । विराटनगरका १६ जना पत्रकारहरूको स्वाब संकलन गरिएको छ । अग्रभागमा रहे र काम गनुृपर्ने भएकाले कोरोना जोखिमको मध्यनजर गरेर परीक्षणका लागि शनिबार स्वाबको नमुना संकलन गरिएको हो ।
प्रारम्भिक चरणमा विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, कोरोना संक्रमित र कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको निकट रहेर रिर्पोटिङ गर्ने १६ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ ।
मोरङ्गका १६ जना पत्रकारहरुको पिसिआर प्रविधीबाट कोरोनाको परीक्षण हुनेछ । पहिलो चरणको परीक्षणको रिपोर्टको आधारमा अन्यको पनि परीक्षण गरिने नेपाल पत्रकारमहासंघ मोरङका अध्यक्ष बन्धु पोखरलेले जानकारी दिए ।