ब्लाष्टखबर । स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएकी एक महिलाकाे मृत्यु भएकाे छ । कोरोना संक्रमणको आशंका गरिएकाे उक्त महिलाकाे स्वाब परीक्षण गर्दा उनमा काेराेना संक्रमण देखिएकाे अस्पताल स्राेतलाई उद्रित गर्दै इकान्तिपुरले जनाएकाे छ ।
राति साढे ९ बजे इमर्जेन्सीमा पुर्यइएकी ति महिला निकै गम्भिरमा रहेकाे र स्वास फेर्न समेत निकै कठिन अस्पताल स्राेतले जनाएकाे छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । अजानक स्वासप्रस्वासकाे समस्या देखिए पछि धुलिखेल अस्पताल भएकी उनकाे बिहीबार राति मृत्यु भएको थियो ।
इकान्तिपुर प्रकासित गरेका समचारका अनुसार काेराेना संक्रमणकाे शंका गरी स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ हाे । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकाे जनाइएकाे छ ।
ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाेले अस्पतालबाट ५ सय मिटरको दुरीसम्म प्रवेश राेक लगाइएकाे भएपनि संक्रमणको पुष्टी भने नभइसकेकाे जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिएका छन् ।