बिर्तामोड । कोरोना संक्रमणको भयका कारण सिमाना लक गरेको भनिएपनि प्रतिबन्धित बन्यजन्तुको चोरी तस्करी भइरहेको खुलेको छ ।

प्रहरीले कचनकबल गाउँपालिका–५ को नेपाल र भारतको सिमानाबाट जिउँदो सालक फेला पारेपछि बन्यजन्तुको चोरी तस्करी भइरहेको खुलेको हो ।

कचन कबल गाउँपालिकाको नेपाल भारत सिमानामा पिल्लर नम्बर ११२ र ११३ को बिचमा सेतो बोरामा संकास्पद बस्तु देखेपछि चेकजाँच गर्दा जिउँदो सालक भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले फेला पारेको सालक डिभिजन बन कार्यालय झापालाई बुझाइएको जनाएको छ ।