बिर्तामोड । झापा प्रहरीले ७० ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगञ्ज गाउँपालिका–१ रंगियाथानबाट शिवसताक्षी नगरपालिका–४ का रामबहादुर बिकलाई पक्राउ गरेको हो ।

बिकमाथि शंका लागि चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता साकार राज पन्तले जानकारी दिए । उनले बिकलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसंधान शुरु गरिएको बताए ।