ब्लाष्टखबर । नेपालमा अाज मात्रै ९ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितकाे संख्या २ सय ७६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बजे गरेको अद्यावधिकका अनुसार थप ६ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ । त्यसै गरी ११ :३० मा गरेकाे अर्काे गरेको अद्यावधिकमा थप ३ जनामा काेराेना संक्रमण पुष्टिभएकाे उल्लेख गरेकाे छ ।
मन्त्रालयका अनुसार थप ३ जना संक्रमित कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् ।