ताप्लेजुङ  । ताप्लेजुङ फुङ्लिङ-३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । शुक्रबार घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन ।

उनको शव २०० मिटर तल नदीको किनारमा फेला परेको थियो । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।