धरान । धरान–१ को धरान क्वालिटी बिस्कुट उद्योगले उत्पादन गरेको बिस्कुटजन्य सामाग्रीमा लेवलिङ (सूचक पत्र) नराखेको भेटिएको छ ।

धरान उपमहानगरको अनुगमन समितिले शनिबार नियमित अनुगमनको क्रममा उद्योगबाट उत्पादित पाउरोटी बिस्कुटहरूमा लेवलिङ नलगाएको भेटेको हो । अनुगमन समितिले सबै बिस्कुटहरूमा अनिवार्य रूपमा लेवलिङ गर्नका लागि चेतावनी दिएको छ । कुनै पनि उद्योगले उत्पादन गर्नुपूर्व अनिवार्य रूपमा उत्पादन मिति, उपभोग्य समय, मूल्य सूची, तौल, खाद्य वस्तुको नाम, समिश्रण, ब्याच नम्बर, उत्पादक तथा प्याकेजिङकर्ता उल्लेख गरेको हुनुपर्छ । अनि मात्रै बिक्रीवितरण गर्नका लागि स्वीकृति प्रदान गरिने गरिएको अनुगमन अधिकृत सापकोटाले जानकारी दिए ।

qality_biskut_dharan_inspection (2)

लेवलिङकाे नमूना उल्लेख गरे पनि उत्पादित मितिलगायत नराखेकाे बिस्कुट । तस्बिर स्राेतः अनुगमन समिति

तर, उक्त उद्योले उत्पादन गरेको कुनै पनि सामग्रीमा उक्त कुरा उल्लेख नभएको पाइएपछि सचेत गराइएको छ । आइन्दा पनि यस्ता गम्भीर गल्ती भएमा कारबाही गरिने र बिस्कुट जफत गरेर नष्ट गरिने गरी चेतावनी दिएर छाडिएको उनले बताए । आजै अनुगमन समितिले छाताचौकमा सञ्चालित एक मेडिकल सेन्टरमा अण्डा बिक्री गरेको भेटेपछि सचेत गराएर छाडेको थियो ।  

bazzar_lebaling_dharan

धरान उपमहानगरकाे अनुगमन समितिले उपलब्ध गराएकाे लेवलिङकाे नमूना ।