धरान । नेपालमा थप ६ जनाको कोरोना संक्रमण भएको छ । संक्रमितको कुल संख्या २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बजे गरेको अद्यावधिकका अनुसार थप ६ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ । विज्ञप्तिअनुसार बर्दिया नार्खु–११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा–११ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षीया महिलामा कोरोना देखिएको हो ।
त्यस्तै चितवन गडौली–१ का २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।