धरान । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षण अनुसार ९ जना संक्रमित थपिएका हुन् । जसमा मकवानपुरका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै बाँके–१, ३ र ५ निवासी १८ देखि ३६ वर्षसम्मका पुरुषहरू छन् । हिजो पनि काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अरू दुई जना भने धनुषाका १७ वर्षीय किशोरी र धादिङका ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । हालसम्म ३६ जना निको भएर घर फर्किसकेका छन् । विराटनगरको कोशी कोभिड अस्पतालबाट थप एक जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

corona_update 1