उर्लाबारी /  उर्लाबारी नगरपालिकाले बिहीबार पाचौ पटक ¥यापिड डाईग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षणका सवैको रिर्पोट नेगेटिभ आएको छ ।

नगरपालिकाले मंगलबारे अस्पतालको प्राविधिक सहयोगमा गरिएका १८ जनाको आरडिटी परिक्षण नेगेटिभ आएको स्वस्थ्य शाखाका निरीक्षक सुरेश खड्काले बताएका छन । नगरपालिकाले भारतसहित अन्य देशबाट आएकाहरुको आर.डि.टी. परिक्षण गर्दै आएको छ ।

यस अघि नगरपालिकाकाले चौथो पटकसम्म नगरका सवै वडाका विदेशबाट आएका ६८ जनाको परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको र अव कोरोनो नियन्त्रण अभियानमा अग्रपंक्तीमा खट्ने स्वस्थ्य एवं सुरक्षाकर्मीको समेत परिक्षण गर्ने तयारी गरीएको स्वस्थ्य शाखाका सहसंयोजक रेनुकाप्रसाद काफलेले बताएका छन ।