धरान । सुनसरी सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले धरानमा कार्यरत विपन्न कालिगडहरूलाई राहत वितरण गर्ने कार्यक्रममा सहभागी बनेका कालिगडहरूले सामाजिक दूरी उल्लंघन गरेका छन् ।

सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका कालिगडहरूलाई संघ र महासंघले संयुक्त रूपमा बिहीबार राहत प्याकेज वितरण गरेको थियो । तर, राहत लिनका लागि आइपुगेका कालिगडहरूले सामाजिक दूरीलाई बेवास्ता गर्दै टोकन लिनमा व्यस्त देखिन्थे ।

sunchandi_dharan_rahat_bitaran (1)

संघका जिल्ला अध्यक्ष किशन मास्केले सामाजिक दूरी कायम गर्नका लागि आग्रह गर्दा पनि बेवास्ता गरेको भेटियो । कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला सामाजिक दूरी अनिवार्य भए पनि उनीहरूले पालना गरेको देखिएन । नेपालमा हालसम्म २४५ जनामा कोरोना संक्रमण भइसकेको छ । राहत प्याकेजमा देखिएको यो दृष्यबाटै तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।

हेर्नुस् भिडियो..