धरान । सुनसरी सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको संयुक्त आयोजनामा धरानमा कार्यरत विपन्न कालिगडहरूलाई राहत प्याकेज प्रदान गरेको छ ।

बिहीबार संघ र महासंघले धरानमा आवद्ध रहेका १५० सुनचाँदी व्यवसायीको पसलमा कार्यरत करिब २ सय कालिगडलाई राहत प्याकेज प्रदान गरिएको हो । करिब २ महिनादेखि देश लकडाउनमा भएकाले विपन्न कालिगडहरूलाई पसलहरूले नाम पठाएको आधारमा राहत प्याकेज दिइएको संघका जिल्ला अध्यक्ष किशन मास्केले जानकारी दिए ।

संघमा १ सय ५० सुनचाँदी व्यवसायी आवद्ध छन् । आवद्ध रहेका पसलहरूमा कार्यरत कालिगड जो अति विपन्न छन् उनीहरूलाई दैनिक जीवनयापनमा सहज होस् भन्ने अभिप्रायले राहत प्याकेज दिइएको महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ संयोजक मोहनकाजी शाक्यले जानकारी दिए । लकडाउनका कारण हाल सुनचाँदीमा कार्यरत कालिगडहरू कामविहीन बनेका छन् ।

sunchandi_dharan_rahat_bitaran (1)

राहत प्याकेजमा सब्जीजन्य वस्तुहरू प्रदान गरिएको छ । करिब ३ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले जानकारी दिए । महासंघ र संघको समन्वयमा राहत प्याकेज प्रदान गरिएको हो ।