देउराली ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइस  राेकथामका लागि नेपाल सरकारले चैत ११ गते गरेको देशव्यापी लकडाउनको घोषणसँगै बन्द रहेको धरान १५ र ५ जोडने सेउती खोलाको पुल निर्माण कार्य पुन सुरु भएको छ ।

निर्माण सम्पन्न हुनलाग्दा करिब २ महिना देखी बन्द रहको पुल निर्माणको काम सोमबारबाट सुरु भएको हो । विम तथा स्लापसमेतको काम भइसकेको बाझगराको खोरिया बस्तीबाट देउराली जोडने उक्त पुलको एक्सपेन्सन प्यानल, रेलिडकोलगायत पुल देखि सडकसम्म जोडने स्लोभ र्निमाणको काम बाँकी रहको थियो ।

स्थानियबासी तथा स्थानिय सरकारसँगको समन्वयबाट पुल निर्माणको काम सोमबारबाट पुन संञ्चालन भएको ठेकेदार दिपेन्द्र कार्कीले बताएका छन । उनका अनुसार २ महिना भित्र पुलको निर्माण कार्य सम्पन्न हुने छ ।

पुलकाे दायाँ वायाँ भागमा जाली लगाउने काम भैरहेकाे र एक एक्सपेन्सन प्यानल र रेलिङका लागि फर्मा तथा  निर्माण सामाग्री तयारी अवस्थामा रहेकाेले एक हप्ता पछिबाट भने पुलकाे निर्माण काम द्रुतगतीमा हुने कार्कीले बताएका छन् ।

कार्कीले भने ‘ यहाँका स्थानियहरुसँग समन्यन गरेर सुरक्षित रुपमा काम सुरु गरिएको छ । हाल जालिको काम गर्नेहरु पनि यहिका स्थानियहरु छन् । काम सुरु गर्नु भन्दा अगाडी नै सामानहरु ल्याएका छौं । एक्सपेन्सन प्यानल, रेलीङ र स्लभको काम बाँकी छ १ देखी २ महिनामा पुल निर्माणको काम सकिन्छ । ’

seuti-pool2