मेषः सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

वृषः स्वाआज स्थ्यमा समस्या आउनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

मिथुनः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कटः आज विद्या र बुद्धिको विकास हुनेछ । योजना तथा छलफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिलनेछ ।

सिंहः आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफलता मिल्नेछ ।

कन्याः आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागीपनि भईएला ।

तुलाः आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलतापनि पाइएला ।

बृश्चिकः सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

धनुः आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकरः आज यात्रा गरेमा मालसामान हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भः साथीभाई या नयाँ व्यक्तिसंग भेटघाट रहला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीनः महत्त्वपूर्ण कामको योजना / थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ ।

स्राेतः ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे