इनरुवा । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला बोर्डर सिल गरिएको छ ।
बोर्डरमा हुन सक्ने सम्भावित आउजाउलाई रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ । तर ती सुरक्षाकर्मीकालागि बोर्डरमा बसेर सुरक्षा दिन भने पक्कै सहज छैन् ।

एकैछिनमा लाग्ने चर्को घाम अनि मौसममा आएको परिवर्तन सँगै एक्कासी पर्ने पानीका बिच सशस्त्र प्रहरी अहोरात्र सीमा क्षेत्रमा खटिएको छ ।
सीमामा नेपाल प्रहरीको समेत उपस्थिती रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी निर्वाह गर्दै आएको छ । न घाम न पानी । न हावाहुरी र हुण्डरी । मात्र छ केवल ड्युटी ।

ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् । चर्को घाम र पानी समेतको प्रवाह नगरी नेपाल भारत सीमा क्षेत्रमा खटिरहेको छ सशस्त्र । स्रोत साधन अभावका बिच जिम्मेबारी वहनमा रहेको सशस्त्र आज हामी बोर्डर पुग्दा हावाहुण्डरीका बिच टेन्टको डोरी समाएर बसेको भेटिएको थियो । हेर्नोस भिडियो ।