ब्लाष्टखबर । धरानमा १५ बरगाछीमा लकडाउन उल्लघन गर्ने ३ वटा टेम्पू र २ वटा पिकअपलाई नियन्त्रणमा लिइएकाे छ । 

धरान उपमहानगरमा ६ बजे देखी ९ बजेसम्म आंशिकरूपमा बजार खुल्ला भएपनि ९ बजे पछि जिल्ला प्रशासन कार्यालयकाे पास बिनै नलिई हिडेका  टेम्पू  र पिकअप भनेलाई नियन्त्रणमा लिएकाे बरगाछी स्थित अस्थाइ प्रहरी पाेष्टका प्रहरी हवल्दार नारायण कटुवालले बताए ।

नियन्त्रणमा लिएका टेम्पूहरू मध्याे एउटा धरान ११ काे  वडा कार्यालयले कृषी बजार देखी धरान ११ दुर्गाचाेकसम्म तरकारी ओसारपसार गर्न दिएकाे पास सहित तरकारी बाेकेकाे टेम्पू रहकाे छ भने, अर्काे सवारी नम्बर उल्लेख नभएकाे भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रकाे पशुपन्छिका लागी दाना तथा अावश्व बस्तुकाे दुवानी गर्ने  अनुराेध सहित  भुस बेकेकाे टेम्प्र रहेकाे छ । अन्यकाे भने नभएकाे भेटिएकाे छ ।

प्रहरी हवल्दार कटुवालका अनुसार ९ बजेपछि जिल्ला प्रशासन कार्यालयबाट सवारी नम्बर उल्लेख भएका सवारी साधनलाइ मात्र चल्न दिइने आदेश भएकाेले उक्त टेम्पूहरू पनि राेकेकाे बताएका छन् । हवल्दार कटुवालले भने ' वहाहरूलाई  ९ बजे सम्म चलाउन दिएकाे छ , ९ दिनभर वहाँहरूले चलाउन थाल्नुभयाे भने अरूले पनि चलाउन थाल्छन्  फेरी भिड सुरू हुन्छ । ९ बजेपछि जिल्ला प्रशासन कार्यालयबाट सवारी नम्बर उल्लेख भएका पास बाेकेका सवारी साधनलाई मात्र चल्न दिनु भन्ने आदेश  छ । '