मेषः आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको कामपनि अघी बढ्नेछ ।

वृषः आज प्रविधि मार्फत आफन्तसंग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

मिथुनः आज रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कारपनि पाइनेछ ।

कर्कटः लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भयपनि छ ।

सिंहः शुभकार्यको चर्चा चल्नेछ । आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कन्याः आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुलाः अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

बृश्चिकः आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउन सक्छ ।

धनुः नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना छ ।

मकरः आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।

कुम्भः सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीनः बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

स्राेतः ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे