ब्लाष्टखबर। सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।आज बसेकाे मन्त्रिपरिषद्को बैठकले थप १० दिन लकडाउन लम्ब्याएर  लकडाउनलाई जेठ ५ गतेसम्म  पुर्याएकाे हो ।

कोरोना भाइरसको संक्रमण रोकथामकालागि भइरहेको लकडाउनको पछिल्लाे समयावधि २५ गते बिहीबार सकिनने भएपछि आज थप १० दिनका लागी लकडाउन लम्ब्याएकाे हाे  ।

मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएको थियो । समितिको सुझाव अनुरूप मन्त्रिपरिषदको बैठकले लकडाउनलाई  जेठ ५ गतेसम्म  निरन्तरता दिएकाे छ  । 

सरकारले नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।  नेपालमा हाल ८२ जना  संक्रमित रहेका छन् ।