उर्लाबारी/उर्लाबारीमा मंगलबार परीक्षण ¥यापिड डाइग्नेष्टिक टेष्ट (आरडिटी) गरिएको १५ जनाको रिर्पोट नेगेटिभ आएकोे छ ।
नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक रेनुकाप्रसाद काफ्लेका अनुसार भारतसहित अन्य देशबाट चैतदेखि उर्लाबारी आएका नागरिकहरूको मंगलबारे अस्पतालको सहयोगमा आरडिटी परीक्षण गरिएकाे हाे । दाेस्राे चरण अन्तर्गत ४, ५, ६ र ७ नं. वडा १५ जनाको राधिका माविमा आरडिटी परीक्षण गरिएकाे हो । यस अघि पहिलो चरण अन्तर्गत वडा नं. १, २ र ३ सहित अन्य गरी ४० जनाको परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको सो शाखाले जनाएको छ ।
तेस्रो चरण अन्र्तगत केही दिनमा नै वडा नं. ८ र ९ आरडिटी परीक्षण गरिने बताउँदै सहसंयोजक काफ्लेले उक्त अवधिमा नगरमा ८५ जना नागरिक भारतसहित अन्य देशबाट आएका बताएका छन् ।