मेषः धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृषः धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुनः शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।

कर्कटः आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

सिंहः आज दैनिक कार्यमापनि प्रगती हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । संचार र प्रविधि मार्फत आफन्तसंग भेटघाट रहनेछ ।

कन्याः वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

तुलाः आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

बृश्चिकः पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजक रहनु होला ।

धनुः आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकरः आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भः आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।

मीनः आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ ।

स्राेतः ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे