उर्लाबारी । लकडाउन समयमा अस्पतालहरुमा उपचार गराई रहेका बिरामीहरुलाई रगतको अभाव हुन नदिने उदेश्यले सोमबार उर्लाबारीको दुर्गापुरीमा भएको खुल्ला रक्तदान कार्यक्रममा १ सय २८ जनाले रक्तदान गरेका छन ।
नारी संकल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको १४ औ“ स्थापना दिवसका अवसरमा सो संस्था र नेपाल रेडक्रस सोसाईटी उर्लाबारीको संयुक्त आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा २२ महिला सहित १ सय २८ जनाले रक्तदान गरेका संकल्पकी अध्यक्ष सिता कार्कीले बताएकी छन ।
सो रक्तदान कार्यक्रमका सहयोगी संस्थाहरु उर्लाबारी नगरपालिका, ८ र ९ नं. वडा कार्यालय, एभरेष्ट फन पार्क एण्ड रिर्सोट प्रालि, राजघाट उज्यालो समाज, युनिभर्सल युथ ग्रुप, राजघाट भेट्रान क्लब, रोटरी क्लब अफ उर्लाबारी, त्रिकाल फाउण्डेशन परिवार, अरनीको माविलाई उर्लाबारी नगरपालिकका नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले प्रशंशा–पत्र प्रदान गरेका छन ।
यस अघि लकडाउनको अवधीमा पनि नेरेसो उर्लाबारी र सहकारी सञ्जाल उर्लाबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ३७ जनाले रक्तदान गरेका रक्त संचार सेवा केन्द्र उर्लाबारीले जनाएको छ ।