यासोक । पाँचथरको तुम्बेवा गाउँपालिकाको क्वारेन्टाइनमा ४१ जनाको कोरना परिक्षण नेगेटिभ आएको छ । गाउँपालिकाको ४३ वटा क्वारेन्टाइनमा राखिएका ४९ जनाको मध्ये ४१ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको हो । सबैको रिपोट नेगेटिभ आएपछि उनिहरुलाई होम क्वारेन्टाइनमा पठाएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । क्वारेन्टाइनमा ब ८ जनाको परिक्षण गर्न बाँकी छ । उनिहरु काठमाण्डौ लगायत बिभिन्न जिल्लाबाट गाउँपालिका प्रबेश गरेका थिए ।
गाउँपालिकाले ५ वटै वडामा ४३ क्वारेन्टाइन स्थापना गरी ४९ जनालाई राखेको थियो । सबै वडामा क्वारेन्टाइन राख्ने पूर्वाधार भएकाले आवश्यक सामाग्रीको व्यवस्थापन गरी आ–आफ्नै वडामा राख्ने व्यवस्थापन मिलाएको थापाको भनाइ छ । यस अघि गाउँपालिको क्वारेन्टाइनमा १५ जनाको कोरना परिक्षण गरेको थियो । उनिहरुको पनि परिक्षण नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइसकिएको कार्यालयले जनाएको छ ।