धरान । भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या आइतबारसम्म ४० हजार भन्दा बढी भइसकेका छन् ।
कोरोनाकै कारण १ हजार ३०६ जनाको ज्यान गइसकेको छ । भारतले आइतबारसम्मको आँकडामा १० लाखभन्दा बढी कोरोनाको परीक्षण गरिसकेको छ । जसमा करिब ४ प्रतिशतमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अन्य पाँच ठूला देशहरूको तुलनामा भारतमा कोरोनाका कारण मृत्युदर निकै कम रहेको छ । जबकि अमेरिकामा पनि १० लाख नागरिकमा गरिएको परीक्षणमा १ लाख ६४ हजार ६२० जनामा कोरोना संक्रमभण भेटिएको छ ।
भारतमा मृत्युदरको हिसाबमा अन्य ठूला देशको तुलनामा केही कम रहेको भए पनि स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । भारतमा कोरोनाको मृत्युदर ३ दशमलव २ प्रतिशत रहेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनका अनुसार अन्य देशको तुलनामा मृत्यु दर कम भए पनि परीक्षणका लागि ३१० सरकारी अस्पताल र १११ निजी अस्पतालमा तयार गरिऐा छ ।
भारतमा हालसम्म ४० हजार २६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये हाल उपचाररत २८ हजार ७० रहेका छन् भने १० हजार ८८७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४८७ कोरोना संक्रमित भेटिएको छ भने ८३ जनाको मृत्यु भएको छ ।