धरान  / बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।

आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर पुष्टि गरेका छन् । उनीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ।

भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितहरु १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिला रहेको बताइएको छ ।

आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १६ पुगेको जानकारी दिएका छन् ।

covid-19-nepal_KF8tDotFqg