उर्लाबारी / नगरको वडा नं–३ मा दादुराको प्रकोप फैलिएको पुष्टी भएको छ । वडामा थप ६ जनामा दादुरा संक्रमणको प्रदेश क्षेत्रीय खोप निर्देशनालय बिराटनगरले जनाएको छ ।
निर्देशनालयले वडा नम्बर ३ मा दादुरा प्रकोप भएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा,प्रदेश स्वास्थ्य निर्देशनालय र उर्लावारी नगरपालिकालाई जानकारी गराएको छ ।
बैशाख महिनाको २१ गते सम्ममा सात जनाका दादुरा परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकोले दादुरा संक्रमण नियन्त्रणको तयारी गरिएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले ज्वरो,आउने रुघाखोकी लाग्ने र शरिरमा विमिरा निस्कने जस्ता लक्षण तथा चिन्हहरु देखा परे तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् । दादूराको नियन्त्रणका लागि नगरपालिकाको स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिईसकेको उनलेबताए ।