ब्लाष्टखबर । भारतमा काेराेना भइरसका संक्रमितकाे संख्या लगातार बृद्दि भइरहेकाे छ । भारतमा यतिवेला काेराेना संक्रमितकाे संख्या ४० हजारकाे नजिक रहेकाे छ भने , मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २३ पुगेकाे छ ।
भारतकाे महाराष्ट्रमा मत्रै १२ हजार बढि संक्रमीत देखापरेका छन् । महाराष्ट्रमा मृत्यु हनेकाे संख्या ५ सय नाघेकाे छ । मे १ र २ गरी दुइ दिनमा भारतमा ५ हजार भन्दा बढि नयाँ संक्रमित फेला परेका थिए । पछिल्लाे २४ घण्टामा भारतमा सय बढिले ज्यान गुमाएका छन् ।
भारतीय सेनाले आज काेराेना विरूद्द सिपाही पनेका डाक्टर तथा स्वास्थकर्मीलाई सम्मान स्वरूप सलामी गरेकाे छ ।