Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु विश्वभरी २ लाख ३९ हजार ८९५ ले गुमाए ज्यान

alt
  • वैशाख २०, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने। एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए ।

ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ । नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानवीय क्षती हुने र संक्रमित हुने देशको सबैभन्दा अग्रस्थानमा पर्दछ ।

शनिबार दिउसो सम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७८२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ७२९ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा अहिलेपनि देशभरी नौ लाख चार हजार ३८९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १७ हजार ४८२ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ८९५ रहेको छ ।

सम्बन्धित समाचार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय

इस्लाम धर्मावलम्बीहरूको  पर्व ईद–उल–फित्रको अवसरमा घण्टाघरस्थित नेपाली ...

पाथीभरामा हिमपात

विजयपुर । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।शुक्रबार स ...

कुखुरापालनमा ७९ अर्ब लगानी

धरान । नेपालमा व्यावसायिक कुखुरापालन उद्योग विस्तारसँगै ठूलो आर्थिक आकारमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
पाथीभरामा हिमपात
कुखुरापालनमा ७९ अर्ब लगानी
सुन्दरहरैंचा र उर्लाबारीमा बर्डफ्लु पुष्टि
धरानका मुस्लिम समुदायले मनाए इद-उल-फित्र
आज देशभर बादल लाग्ने, मध्यम वर्षासहित हिमपातको सम्भावना
आज ईद उल फित्र पर्व मनाइँदै
ढकमक्क लालीगुराँस
हावाहुरीको सम्भावना: उपमहानगरको विद्यालयलाई सतर्कता अपनाउन निर्देशन
धरानको कार्यपालिका नबस्नुमा राजनीतिक स्वार्थ
आगोले खोस्यो ओत: स्कुलको भूइँमा ११ ऋषिदेव परिवारको बास
पिण्डेश्वर मन्दिरमा रथोत्सव सुरु
साइबर अपराधमा दण्डहीनता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल चैत ६ गते शुक्रबार
निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved