Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु विश्वभरी २ लाख ३९ हजार ८९५ ले गुमाए ज्यान

alt
  • वैशाख २०, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने। एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए ।

ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ । नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानवीय क्षती हुने र संक्रमित हुने देशको सबैभन्दा अग्रस्थानमा पर्दछ ।

शनिबार दिउसो सम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७८२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ७२९ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा अहिलेपनि देशभरी नौ लाख चार हजार ३८९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १७ हजार ४८२ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ८९५ रहेको छ ।

सम्बन्धित समाचार
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति

विराटनगर । कोशी प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई आफ्नो समृद्धिको मुख्य ...

१४ वर्षमा पनि बनेन पुल

सिरहा । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत कमला नदीको पुल १४ वर्ष अघ ...

सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकको विरोधमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
नेपालको सार्वभौमिक अखण्डताको चीरहरणः भारत–चीन व्यापार सम्झौता
आजको राशिफलः २०८२ साल भदौ ९ गते सोमबार
चोत्लुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय स्थापनार्थ अन्तरक्रिया
आजको राशिफलः २०८२ साल भदौ ८ गते आइतबार
‘मेडिकल हब’ बनाउने यात्रामा न्यूरो अस्पतालको रजत जयन्ती
एकातिर आन्दोलन, अर्कोतिर पारित
धरान नगरको ‘बजेट होलिडे’: ऐन–कानून मिच्न धरान अगाडि
सहकारी ठगी मुद्दा प्रकरणः सांसद् पत्नी अन्जलालाई एक करोड धरौटी माग
बीपी प्रतिष्ठानमा अतिरिक्त रेफर शुल्क हटाइयो
धरानमा छतबाट लडेर एकको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved