धरान । भारत सरकारले देशभरका राज्यलाई कोरोना भाइरसका संक्रमितका आधारमा तीन वटा जोनमा सार्वजनिक गरेको छ ।

सरकारले २ सातासम्म लकडाउनको अवधि पनि बढाएको छ । १७ मेसम्म लकडाउनको अवधि बढाइएको छ भने राज्यमा देखिएका कोरोना संक्रमितको अवस्थामा आधारमा तीन वटा जोन निर्धारण गरिएको हो । भारत सरकारले रातो, पहेँलो र हरियो जोन बनाएर लकडाउन खोल्ने भएको छ ।

हरियो र पहेँलो जोनमा लकडाउन केही खुकुलो हुने छ भने रातो जोनमा हाल रहेकै अवस्थामा रहने जनाइएको छ ।
भारत सरकारले विभिन्न राज्यका १७० जिल्लालाई रातो जोनमा राखेको छ भने २०७ जिल्लालाई पहेँलो जो र ३५९ जिल्लालाई हरियो जोनमा राखेको छ । यता स्वास्थय मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार १३० जिल्लालाई रातो, २४८ लाई पहेँलो र ३१९ जिल्लालाई हरियो जोन निर्धारण गरेको छ ।

सरकारले सबै महानगरहरूलाई रातो जोनमा राखेको छ । दिल्ली, मुम्बई, चेन्नई, कोलकता, हैदरबाद, बैंगलोर, अहमदाबादलाई नै रातो जोनमा राखेको हो । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा सबैभन्दा बढी रेड जोन घोषणा गरिएको छ । भारतमा हालसम्म ३७ हजार २५७ जना कोरोनाबाट संक्रमित बनिसकेका छन् भने १ हजार १२३ को मृत्यु भइसकेको छ ।