उर्लाबारी / लकडाउनको ३९ औं दिनमा नेपाली कांग्रेस नगर समिति उर्लाबारीले नगरको बिपद कोषमा नगद प्रदान गरेको छ ।

शुक्रबार नेपाली कांग्रेस नगर समिति उर्लाबारीका सभापति बिरबल थापाले नगर प्रमुख एवं कोषका संयोजक खड्ग फागोलाई १ लाख ७ हजार ६ सय नगद हस्तान्तरण गरेका छन ।

यस अघि उक्त कोषमा नगरका राजनितीक दलहरु मध्ये नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल नगर समिति, संघीय लिम्बुवान, जनता समाजवादी, राप्रपाले राहत कोषमा सहयोग गरे पनि नेकपाले भने जम्मा नगरेको नगरपालिकाले जनाएको छ ।

स्थानिय तहको निर्वाचनमा उर्लाबारीमा नगरपालिकामा नेकपाले उपमेयर सहित २४ र नेपाली कांग्रेसले मेयरसहित २३ स्थानमा बिजयी भएका थिए ।

यसैगरी शुक्रबार नै उर्लाबारी–७ निवासी प्रेम राई र यमुना राईले पनि ५ हजार ५ रुपया तथा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले ८ सेट स्वस्थ्यकर्मीका लागि उपयोगी पिपिई सेट उपलब्ध गराएका नगरपालिकाका अधिकृत भरत अधिकारीले बताएका छन ।