प्रदेश नं २ मा दुई हजार ३१० को स्वाब नमूना सङ्कलन

alt
  • बैशाख १९, २०७७
  • ब्लाष्ट खबर

जनकपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार यो प्रदेशका कोरोना सङ्क्रमित १२ जनामध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ । यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उनले बताए ।

यस प्रदेशअन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन् ।

लकडाउनले छेकेन गाउँक ...

खेवाहाङ मेवाहाङ संखुवासभा / गएको चैत ११ गतेदेखि दे ...

अपडेट: विराटनगर १८ क ...

विराटनगर/विराटनगर–१४ जतुवाका ५५ वर्षीय सेमानन्द य ...

प्रदेश १ मा बजेट ल्य ...

धरान /  कोरोना भाइरसको त्रासकोा बीचमा प्रदेश १ मा ...

हत्या आरोपमा मुछिएका ...

अनिल श्रेष्ठ विराटनगर /  विराटनगर – १४ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved