ब्लाष्टखबर । आज नेपालमा थप दुई काेराेना संक्रमित भेटिका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही एक जना र बाँकेमा एक जना गरी थप दुई संक्रमित भेटिएका हुन् ।
संक्रमित भेटिएका रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले दुबैको अवस्था सामान्य रहेकाे बताएकाे छ । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।